Header Ads

बागमती बा रहेनन्

Bhagwandas Manandhar/Nagarik

सरकारी र गैरसरकारी क्षेत्रबाट ठूलो रकम खर्च हुँदा पनि सफा हुन नसकेको वागमती नदी सफा गर्न भगवानदास मानन्धर २००६ सालदेखि जुटेका थिए 

अर्जुन सुवेदी
वागमती सफाइमा जीवनभर लागेका भगवानदास मानन्धरको ८५ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको छ । ६ दसकयता चोभारदेखि टेकु दोभान हुँदै पशुपतिनाथसम्म जतिबेलै वागमती नदी सफा गरिरहेका देखिने मानन्धरको ओमबहालस्थित आफ्नै निवासमा निधन भएको हो ।

सरकारी र गैरसरकारी क्षेत्रबाट ठूलो रकम खर्च हुँदासमेत सफा हुन नसकेको वागमती नदी सफा गर्ने अठोट लिएका भगवानदास यो काममा २००६ सालदेखि जुट्दै आएका थिए ।
हामीले जान्ने बेलादेखि नै बुवा वागमती सफा गरिरहेको देख्थ्यौं शनिबार वागमतीकै टेकुदोभानमा अन्तिम श्रद्धान्जली भइरहँदा उनका छोरा दुर्गादासले भने ुअस्तिसम्म पनि वागमतीकै कुरा गर्नु हुन्थ्यो ।ु
टन्टलापुर घाम होस् या मुसलधारे वर्षा भगवानदास बाँचुन्जेल पनि दैनिक वागमती नदी जान बिराएनन् । सानोमा पनि उनी त्यहीं खेल्थे त्यही नुवाइधुवाइ गर्थे ।
सधैं वागमती आसपासमै देखिने भएकाले उनलाई नजिकै बसोवास गर्ने र दैनिक आउजाउ गर्नेहरुले वागमती बाु भनेर बोलाउँथे । ुदौरासुरुवाल र ढाका टोपी लगाएको बूढो मान्छे दिनहुँ नदीमा देख्दा पहिलेपहिले केही खोज्न आएको होलाजस्तो लाग्थ्योु भगवानदासलाई दिनहुँ त्रिपुरेश्वरमा सफा गरिरहेको देख्ने त्रिलोक शाक्यले भने ुपछि थाहा भयो उनले त जीवनै वागमती सफाइमा सुम्पिएका रहेछन् ।ु
भगवानदासलाई नदीमा सधैं एक्लो देखेको उनले बताए । ुनदी आमा जस्तै हुन् नदीले हामीलाई सभ्यता सिकाउँछु भगवानदासको भनाइ उद्धृत गर्दै उनले भने ुसफा गर्न सक्तैनौं भने फोहोर पनि नगरिदेऊ ।ु
वर्ष दिनयता भने उनलाई नदी सफा गरिरहेको नदेखेका त्रिलोकले वागमतीको नाममा अर्बाैं खर्चेर पनि केही गर्न नसकेका सरकारी तथा गैरसरकारी संस्थाहरुका लागि ुबाग्मती बाु चुनौती भएको बताउँछन् ।
भगवानदास घरबाटै ज्यावल बोकेर १० मिनेटमा पुगिने वागमती निस्किन्थे । त्यहाँ फालिएका फोहोर र नदीको जाम खोल्थे । बग्ने फोहोरलाई बगाइदिन्थे र नबग्नेलाई जम्मा गरेर किनारमा जलाउँथे ।
मानन्धर परिवारका अनुसार वागमतीमै रमाउने भगवानदासले कहिल्यै घरपरिवारका लागि समय दिएनन् । परिवारसँग उनी आपुूलाई ुनदीले जन्माएको एक कर्णु भन्थे ।
छोरा दुर्गादासका अनुसार उनी मान्छे वागमतीकै गर्भबाट आएको र अन्त्यमा त्यही मिल्नुपर्ने भएकाले त्यसलाई स्वच्छ राख्नु सबैको दायित्व भएको बताउँथे ।
ुवागमतीले काठमाडौंको खाल्डोलाई स्वच्छ जलले सिचिँन तर काठमाडौंवासीले वागमतीलाई मलमूत्र र फोहोरको भारी बोकाइदिएु पछिल्ला दिनमा भगवानदास भन्थे ुवर्षाका थोपा समुन्द्रमा बिलाएझैं मेरो ६० वर्षको परिश्रमका बाबजुद वागमती जर्जर र जीर्ण बनेको छ ।
तर मलाई मेरो काम निरर्थक लाग्दैन । समयले वागमतीलाई धमिल्याउँदै गयो म चाउँरिदै गएँ । समयले वागमतीलाई साँघुर् याउँदै गयो मेरा हाड खिइँदै गए दुर्गादास बुवाको भनाइ उद्धृत गर्छन् ुवागमती फोहोर होइन हामी फोहोरी हौं ।
वागमती स्याहार्ने क्रममा उनी आफैंलाई स्याहार्नेपट्टि पनि ध्यान दिँदैनथे । उनले कति दिन खानै खाएनन् कति दिन सुत्न पनि आएनन् । वागमती सफाइमा आपुूलाई समर्पण गर्न पाएकोमा उनी श्रीमतीलाई धन्यवाद दिन्थे । श्रीमतीले घर धानेकाले मैले वागमतीलाई समय दिन पाएको छु उनी भन्थे ।
वर्ष दिनअघि श्रीमतीको निधन भएपछि उनी वागमती कम जान थाले । सफाइकै क्रममा झन्डै ३० वर्षअघि उनका साथी कुलबहादुर शाक्यलाई वागमतीले बगाएको थियो ।
बुढुैली लागेपछि हामी अब नजानुस भन्थ्यौं तर उहाँले कहिल्यै मान्नुभएनु दुर्गादास सम्झन्छन् गत वर्ष वागमती सफा गर्न आउनुभएको । पूर्णिमाको दिन भएकाले १० बजेसम्म काम गर्नुभएछ अनि नदी किनारामै निदाउनुभएछ । हामीले रातको १२ बजे मात्र भेट्टायौं ।
वागमती सफाइमै लामो समयदेखि लागिरहेका हुतराम वैद्य उनी ुवागमती दासु भएको बताउँछन् । ुवागमतीमै लागेर उनले आपुलाई बिसे्र अरुको सहयोग जरुरी पनि ठानेनन् वैद्य भन्छन् ुबिना उपलब्धिको काममा अर्बौं खर्चने सरकारले उनको अभियानलाई साथ दिन कहिल्यै जरुरी ठानेन । उनी कुनै दलसम्बद्ध भए धेरै सम्मान पाउँथे होला । उनी निस्वार्थ सेवामा लागेकाले कसैले वास्ता गरेनन् वैद्यले अगाडि भने ।
आठ दसक पार गरेका वैद्य भगवानदासकेा कामलाई निरन्तरता दिन र प्रदूषण कम गर्न टेकु किनारमा यसअघि राख्ने योजना बनाइएको विद्युतीय शव दाहगृह साचालनमा ल्याउनुपर्ने बताउँछन् ।

1 comment

rajendra said...

so sorry to hear this ..........

Powered by Blogger.