Header Ads

नेवाः फिल्म सोसाइटि, सुनसरि शाखा गठन


२०७३÷०२÷३१ सोमबार
चलचित्रकर्मी रविन श्रेष्ठको अध्यक्षतामा नेवाः फिल्म सोसाइटिको सुनसरी शाखा गठन भएको छ ।
सुनसरी धरानमा आयोजित कार्यक्रमका बीच आज सोसाइटिको सुनसरी शाखा गठन गरिएको हो । शाखाको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मनोज शाक्य रहनुभएको छ । त्यस्तै सचिवमा विशाल श्रेष्ठ र सह सचिवमा दिपेन्द्र शाक्यलाई चयन गरिएको छ । त्यस्तै नव गठित संस्थाको कोषाध्यक्षमा सपना शाक्य रहनुभएको छ । त्यसैगरि देवप्रसाद श्रेष्ठ, चन्द्र हलवाइ, मन्जु श्रेष्ठ, सिमरन श्रेष्ठ, सुवर्ण पालिखे, सुमन श्रेष्ठलाई सदस्यमा चयन गरिएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाइ प्रमाण पत्र हस्तान्तरन गर्नुभयो । मन्तव्यको क्रममा अध्यक्ष राईले अब आदिवासि जनजाति चलचित्र पनि बोर्ड अन्तर्गतको प्रक्रृयामा आएर राज्यबाट उपलब्ध सुविधा भोग गर्नुपर्ने कुरामा जोड दिनुभयो । आदिवासि जनजाती चलचत्रिको लागी छुट्टै नीति निर्माण गर्न आफुले पहल गरिरहेको अध्यक्ष राईको भनाइ हो ।
साथै आदिवासि जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राइले आदिवासि जनजाति चलचित्र मनोरन्जनका लागी मात्र नभइ, समाजको लागी सन्देश दिने र जनचेतना पनि जगाउने उद्देश्यले प्रेरित हुनुपर्ने बताउनुभयो । नेवाः फिल्म सोसाइटिको संगठन विस्तारले महासंघलाई पनि थप बल प्रदान गरेको महासचिव राइको भनाइ थियो ।
सोसाइटिका केन्द्रिय अध्यक्ष लुःजः सिंहले संस्थाको पहिलो जिल्ला शाखा गठनबाट थप उर्जा प्राप्त भएको जिकीर गर्दै सबैको साथ र सहकार्यबाट नेवाः लगायत समस्त आदिवासि जनजाती चलचित्र क्षेत्रको उत्थानको लागी अगाडि बढ्न आव्हान गर्नुभयो ।

No comments

Powered by Blogger.