Header Ads

सुनौला १००० दिन


सुनौला १००० दिन

बच्चाहरूको मानसिक वृद्धि र विकास २ वर्षसम्ममा ८०% हुन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ। यो कुरालाई अमेरिकाका चिकित्सकहरूले धेरै वर्ष लगाएर अनुसन्धान गरी प्रमाणित गरेका हुन्।
“सुनौला १०००दिन ” भन्नाले बच्चा आमाको गर्भदेखि २ वर्ष पुगुन्जेलको अवधिलाइ भनिन्छ। बच्चा गर्भमा २७० दिन र जन्मेर २ वर्षसम्म ७३० दिन जोड्दा १००० दिन हुन्छ। आमाको गर्भमा बच्चा आएदेखि नै आफ्नो र बच्चाको राम्रो स्वास्थ्यको लागि बढी हेरचाह गर्नुपर्दछ। गर्भवती आमाले साविकको खानामा थप १ पटक बढी र सुत्केरी भइसकेपछि बच्चालाई दुध खुवाउने अवस्थामा थप २ पटक बढी खाना खानुपर्दछ र खानेकुरा खाँदा ‘हरेक बार खाना चार’लाइ मिलाएर पूर्ण पोषित खाना खानुपर्दछ।
हरेक बार खाना चार
१) भिटामिन – हरिया सागपात , पहेलाफलफूल।
२) काब्रोहाइडेट –चामल, गहुँ, आलु, तरुल आदि।
३) प्रोटिन – गेडागुडी, दाल, बोडी, मेथी आदि।
४) पशुजन्य – दुध, दही, घ्यू, माछा, मासु, अण्डा।

यी माथि उल्लेखित खानेकुरालाई आफुले खाने खानामा मिलाएर खायौं भने आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो र कुपोषणमुक्त हुनेछ। आमाले जति पोषणयुक्त खानेकुरा खान्छिन् उनको दुधको माध्यमबाट बच्चाले पोषण प्राप्त गर्दछ। बच्चालाई छ महिनासम्म आमाको दुधबाहेक पानी पनि खुवाउनु पर्दैन। बच्चालाई दुध खुवाउँदा कम्तीमा दिनमा ७ पटक र रातमा ३ पटक खुवाउनै पर्छ । यदि बच्चाले चाहेमा बढी पनि खुवाउँदा हुन्छ । बिरामी बच्चालाई पटक–पटक दुध चुसाइ राख्नुपर्छ। आमाले दुध चुसाउँदा एकपट्टिको दुध १०–१५ मिनेटसम्म दुध नसकिउन्जेलसम्म चुसाउनु पर्नेछ जतिनै हतार भएपनि दुध चुसाउँदा बच्चालाई सजिलो हुने गरी आमा बसेर पलेटी कस्ने र बच्चालाई काखमा सुताएर सजिलोसँग चुस्न मिल्ने गरी राखेर हँसिलो अनुहार लगाएर खुवाउनाले दुध सकारात्मक भएर आउने गर्दछ र बच्चा पनि भविष्यमा सकारात्मक सोचाइ राख्दछ भन्ने कुरा प्रष्ट भएको छ। बच्चा जन्मेको १ घण्टा भित्र विगौती दुध आमाले चुसाउनै पर्दछ। विगौती दुधले बच्चाको रोगसँग लड्न सक्ने क्षमताको विकास गर्दछ।
बच्चालाई ६ महिना पछि थप खानेकुरा अथवा अन्न पचाउन सक्ने शारिरीक वृद्धि भइसकेको हुनाले आमाको दुधको साथै थप खाना खुवाउनु पर्दछ । थप खानामा माथि भनेझै हरेक बार खाना चारलाई मिलाएर दिनमा ३ पटक खुवाउनु पर्दछ र बच्चालाइ मिठो । राम्रो खाना खुवाएर मात्र उसको वृदि र विकास पूर्ण रुपले हुन्छ भन्ने छैन। खानाको साथ–साथै बेला बेलामा बच्चाको सरसफाई, खाना खुवाउनु अघि, फोहर छोएपछि, बच्चाको दिसा–पिसाब छोएपछि, बाहिर बाट आएपछि साबुन पानीले हात मिचीमिची धुन कहिल्यै पनि बिर्सन हँुदैन। यसरी २ वर्षसम्म आमाको दुध र थप खाना खुवाइयो भने मात्र बच्चाको मानसिक वृद्धि ८०% ले हुन्छ।
बच्चा गर्भमा आएदेखि २ वर्ष पुगुन्जेलसम्म राम्ररी स्याहार–सुसार गरेनांै भने बच्चालाई कुपोषण हुनसक्छ र यो बेलामा भएको कुपोषण दिर्घ कुपोषण हुन्छ । त्यसलाई पछि गएर निको वा कम पार्न सक्दैन । त्यसैले बच्चाको खानपान, स्याहार–सुसार बढी केन्द्रित भएर हुर्काउने हो भने हाम्रा बच्चाको २ वर्षसम्ममा ८०% मानसिक वृद्धि÷विकास हुनेछ। हामी र हाम्रा बच्चा स्वस्थ कुपोषण मुक्त भए भने हाम्रो भविष्य उज्ज्वल, सुखी, खुशी हुनेछ
नेवार सँस्कृतिमा बच्चा जन्मेको २ वर्ष पुगेपछि मात्र जन्मोउत्सव मनाउने चलन छ ।

No comments

Powered by Blogger.