Header Ads

निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि


काठमाडाैं, असार ५ । कोरोना सङ्क्रमण र निषेधाज्ञाले निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा छाएको छ । निषेधाज्ञा जारी भएपछि निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, सरिया, इँटा, ग्याभिनलगायत फलामे सामग्रीहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता विविध सामग्रीको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको स्थानीय हार्डवेयर व्यवसायी सागर श्रेष्ठले बताए । निषेधाज्ञा र लगातारको वर्षात्ले गर्दा अत्यावश्यक खाद्यान्नलगायत निर्माण सामग्रीको पनि अभाव रहेको उनको भनाइ छ । ... https://ift.tt/3q83S3L

No comments

Powered by Blogger.