Header Ads

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली बम विस्फोट


जम्मु, असार १३ । जम्मुकाे विमानस्थलमा आइतबार विहान शक्तिशाली बम विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १.४५ बजे विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ । दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो । ‘जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,’ एक जना सुरक्षा अधिकारीले भने ।... https://ift.tt/3h8Otfv

No comments

Powered by Blogger.